जितकालागि बाइडनाई अब १७ इलेक्टरल मत आवश्यक, चुनावमा धाँधली भएको ट्रम्पको दाबी

अमेरिकी चुनाबको मतगणनामा रिपव्लिकन र डेमोक्रेटिक उम्मेदवारबीच कडा टक्कर परेको छ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी हुन अब जम्मा १७ इलेक्टरल मत चाहिएको छ।

जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग उनले मत अन्तर फराकिलो पार्दै लगेका छन्। ५० वटा राज्यमध्ये ४४ राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले मतगणना रोक्न भन्दै ट्वीट गरेका छन् र प्रमाणविना उनले फेरि पनि चुनावमा धाँधली भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरले ट्रम्पको त्यो ट्वीटलाई “दिग्भ्रमित” बनाउने खालको भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button