जिल्लास्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न

यमु कडेल, बाँके । डाइनामिक स्कुलको आयोजनामा जिल्ला स्तरीय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका वडा न.४ स्थित डाइनामिक स्कुलको हलमा शनिवार सम्पन्न बुद्धिचाल प्रतियोगितामा २८ जना सहभागी भएका छन् भने खेलको चिफ आर्विटरको भूमिका पशुपति नाथ योगीले निर्वाह गर्नुभएको हो ।
प्रतियोगितालाई सम्बोधन गर्दै नगर बुद्धिचाल संघ बाँकेका अध्यक्ष संगम पोख्रेलले चेस मनोबैज्ञानिक मात्रै नभएर वैज्ञानिक खेल भएको बताएका छन् । उनले यो खेललाई अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि आफुहरुले चेस खेलाडीहरुलाई तालिम दिँदै आइरहेको बताए ।
प्रतियोगितामा भने ५ राउन्डमा ५ अंक ल्याएर संघका अध्यक्ष पोख्रेल प्रथम हुनु भएको छ भने ५ राउन्ड मध्य केशर वली ४ अंकका साथ दोश्रो हुनु भएको छ । यस्तै तेश्रोमा ओम प्रकाश भुसाल, चौथोमा सुभाष शाह, पाँचौंमा प्रकाश बोहरा, छैटौंमा देव बहादुर खत्री र सातौंमा अन्सुमन मगर विजेता बन्न सफल हुनु भएको छ ।
प्रतियोगिता मध्य बिजेता हुनु भएका सम्पुर्णलाई आयोजकले नगदसहित, प्रमाण पत्र वितरण गरेको छ ।