जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको बताएका छन्।

कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरेको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा आदेश, सिफरिस रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button