हलिवुड अभिनेता सर शन कोनरीको निधन

काठमाडौं । जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ ।

दशकौंसम्म फिल्ममा राज गरेका उनले सन् १९९८ मा द अनटचेबल्स नामको फिल्ममा अस्कर अवार्ड जितेका थिए ।

अभिनेता कोनरी जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता हुन् । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए ।

उनका छोरा जेसन कनरीले उनको निधन बहामासमा भएको जानकारी दिए । उनी पछिल्लो केही दिनदेखि बिरामी थिए । बहामासमा उनको अन्तिम समयमा परिवारका थुप्रै सदस्य उनीसँगै थिए ।

उनले भने, ‘उनी पछिल्लो केही दिनदेखि बिरामी थिए तर हामीलाई अहिले यो स्थितीबाट बाहिर निस्कन समय लाग्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button