जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्था फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी, डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालीन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

सीसीएमसीले खोप कार्ड हराएकाहरूलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button