झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भएको बताएका छन् ।

सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको छ’, पौडेलले ट्विटरमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भर्त्सना गर्दै बिनाशर्त रिहा गर्न माग गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button