ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका-१ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगङ्गाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार ट्याक्टर दुर्घटनामा कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती मगर घाइते भएका छन् ।
कच्ची सडक र उकालो भएको हुँदा नियन्त्रण गुमाएर ट्याक्टर दुर्घटना भएको उनले बताए ।