ट्रम्पलाई हराउन लागेका बाइडनद्वारा संयमित हुन् आह्वान

अमेरिका । अमेरिकामा मतगणना जारी रहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडनले मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन्।

“लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उनले भने, तर “प्रक्रियाले काम गरिरहेको छ।”

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने,“अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।”

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्र पदकी उम्मेदवार कमला ह्यारिसलाई “कुनै शङ्का नरहेको” पनि बाइडनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button