ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग प्रस्तावलाई तल्लो सदनबाट पारित

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग प्रस्तावलाई अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरेको छ ।

अमेरिकामा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प बनेको जनाइएको छ ।

अमेरिकी संसद् भवनमा बुधबार ट्रम्पका समर्थकले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदले महाअभियोग प्रस्ताव अघि सारेका थिए।

महाअभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ।

महाअभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो। हाउस अफ रिपे्रजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका २ सय २२ जना सदस्य छन्।

तर, ट्रम्पको रिपब्लिकन पार्टीका १० सांसदले पनि महाअभियोगको पक्षमै मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्।

महाअभियोग प्रस्तावको विपक्षमा १ सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button