डडेल्धुराका शिवमले ल्याए ‘कोसौं दूर’ (भिडियोसहित)

डडेल्धुरा । गायक तथा संगीतकार शिवम् भण्डारीको आवाजमा पहिलो गीत सार्वजनिक भएको छ।

शुक्रबार सदिक्षा फिल्मस् युटूब च्यानलबाट ‘कोसौं दूर’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा शव्द, संगित र स्वर शिवम आफ्नैको रहेको छ भने संगीत संयोजन किरण कँडेलले गरेका छन्।

संजीव रावल ‘सिमसिम’ को निर्देशनमा रहेको उक्त म्युजिकल फिल्ममा दिवश नाथ, सविना धामी, सुवाश बोम्जन, बोन्दिता धामी, शिवम भण्डारी, धनिराम गिरी र भीमबहादुर पाण्डेयलगाएतका कलाकारको अभिनय छ।

गीतको भिडियोमा राजनीतिक दलको झुठो आश्वासनमा फसेर युवाहरू विदेशीएको र गाउँमा मलामीसमेत नपाएको कारुणिक कथालाई समेटिएको छ।

शिवम डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटामा जन्मिएका हुन्। उनले शास्त्रिय संगितमा स्नातक गरेका छन्। बिभिन्न ‘रियालिटी शो’मा समेत उनले आफ्नो प्रस्तुति दिइसकेका छन्।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button