डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तानको जोडीले जित्यो

काठमाडौं । चर्चित रियालिटी शो डान्सिङ्ग विथ द स्टार्स नेपालको पहिलो सिजनको उपाधि सुमी मोक्तान र बिजु पार्की जोडीले जितेको छ।

फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी जोडी भयो भने सेकेण्ड रनर अप टिम प्रियना आचार्य र सुभम् भुजेलको जोडी घोषीत भएको छ।

राजधानीमा हिजो भएको ग्रान्ड फिनालेमा डान्सिङ्ग विथ द स्टार्सको उपाधी यो जोडिले हात पार्न सफल भएको हो।

विजेता भएसँगै यो जोडीले २० लाख नगद सहित  ट्रफी र अन्य पुरस्कार प्राप्त गरेको छ।

फाइनल राउण्डको लागि छानिएका ३ जोडीमध्ये दर्शकको भोटका आधारमा अन्तिममा एक जोडीलाई विजेता घोषणा गरिएको हो।

बुद्ध लामा र केबिका खत्री, सुमी मोक्तान र बिजु पार्की तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडी डान्सिङ्ग विथ द स्टार्सको फाइनलमा पुगेको थियो।

ग्राण्ड फिनाले हिमालय टिभी एजडीबाट प्रत्यक्ष प्रशारण गरिएको थियो। अन्तराष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको नेपाल भर्सन ‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को यो पहिलो सिजन हो।

रियालिटी शोमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई जजको रुपमा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button