डा. भीम रावलको टिप्पणी: काँग्रेसको राष्ट्रघाती चरित्र एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि एमसीसीबारे फेरि बहस सुरु भएको छ।

प्रतिनिधिसभाको भोलि दिउसो १ बजे बस्ने बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गर्ने छ। सो बारे अन्यदलहरुले निर्णय गरिसकेका छैनन्। यसैबीच, नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली काँग्रेसको राष्ट्रघाती चरित्र नफेरिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले विगतका राष्ट्रघाती सम्झौताबाट काँग्रेसले नसिकेको भन्दै आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button