डा. मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित हुने संकेत देखिएपछि डा.  मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरेका छन्। रिजाल अहिले रक्षामन्त्री छन्।

उनले ट्‍विटमार्फत् राजीनामा घोषणा गर्दै भनेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’

उनले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गर्ने बताएका छन्। महामन्त्रीको मतगणना भइरहेको छ। २३२१ मत गणना हुँदा रिजालले ४०२ मत मात्रै प्राप्त गरेका छन्।

गगन कुमार थापा १५०८, विश्वप्रकाश शर्मा ९४२, प्रकाशशरण महत ७६५, प्रदीप पौडेल ६७९, राजाराम कार्कीले ६३ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button