डा. युवराज खतिवडा अब सरकारका प्रबक्ता

अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रबक्ता भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेतको जिम्मेवारी दिएपछि उनी सरकारका प्रबक्ता बनेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री नै सरकारको प्रबक्ता हुने ब्यबस्था छ ।
गोकुल बास्कोटाले राजिनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिले खतिवडालाई संचारको समेत जिम्मेवारी दिएकी हुन् । त्यस्तै सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हालेका छन् ।