डिजिटल भुक्तानी प्रोत्साहित गर्दै सिद्धार्थको ‘सपरच्युनिटी योजना’

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको सुविधाका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै ‘सिद्घार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ । योजना फागुन १ देखि केही समयका लागि ल्याइएको बैंकले जनाएको छ ।
योजनाअन्तर्गत बैंकका ग्राहकले दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ० छुट पाउनेछन् । यस्तै पहिलो दुईपटक हजार वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा पाँच सय क्यास ब्याक पाउने र पहिलो दुईपटक एक हजार वा सोभन्दा बढीको पीओएस मेसिनमार्फत् कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
यस्ता छुट र क्यास ब्याकअफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे बैंकले जनाएको छ । बैंकले देशभर १८० शाखा (३ एक्स्टेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।