डोटीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

डोटी / डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा शिखर नगरपालिका–१० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा रहेका अर्का एक जना सामान्य घाइते भएका छन्।

टयाक्टर भीरबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button