डोटीमा बुवाले छोरामाथि छुरा प्रहार

२७ कार्तिक २०७७ बिहिवार ,डोटी / डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन ।

घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् ।

चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् । घटनापछि प्रहरीले बुवालाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button