डोरमणि पौडेल विरूद्धको अविश्वास प्रस्ताव पेश, माघ १९ मा छलफल हुने

काठमाडौं । बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्ताव प्रस्तुत गर्न पहिलो हस्ताक्षरकर्ताका रूपमा सांसद अरूणप्रसाद नेपाललाई अनुमति दिएका छन् ।

पुस ९ गते अष्टलक्ष्मी शाक्यलाई आफूहरूले संसदीय दलको नेता चयन गरेको उनले बताएका छन् ।

सभामुख श्रेष्ठले माघ १९ गते दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने भन्दै बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button