तथ्याङ्कमा आगामी स्थानीय निर्वाचन: सिन्धुपाल्चोकमा २ लाख ५५ हजार मतदाता

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता, मतदान स्थल र मतदान केन्द्रको संख्या सार्वजनिक गरेको छ । जसअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा मात्रै २ लाख ५५ हजार ७१२ जनाले मतदान गर्नेछन् ।
सिन्धुपाल्चोकको मतदातामध्ये १ लाख ३२ हजार २१२ जना पुरुष रहेका छन् भने १ लाख २३ हजार ५०० जना महिला मतदाता रहेका छन् । उनीहरूले १४४ मतदान स्थलमा रहेका ३१६ मतदान केन्द्रमा मतदान गर्नेछन् ।
देशभरको कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेकोमा बागमती प्रदेशमा मात्रै ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन् ।
सिन्धुपाल्चोकमा भने सबैभन्दा धेरै मतदाता मेलम्ची नगरपालिकामा रहेका छन् । मेलम्चीमा ३९ हजार २०५ जना मतदाता रहेका छन् भने त्यसपछि सङ्ख्याका आधारमा चौतारा साँगाचोकगढी नगरपालिकामा ३८ हजार २९८ जना मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता भने भोटेकोशी गाउँपालिकामा १३ हजार १६४ जना रहेका छन् ।