तिहार अगावै पुर्वी माडीको बनकट्टादेखि देबेन्द्रपुरसम्म कालोपत्रे गरिसक्ने

डिलकुमारी नेपाल, चितवन । माडीको बनकट्टादेखि देबेन्द्रपुरसम्म कालोपत्रे बिछ्याइरहेको आशिष निर्माण सेवाले तिहार पर्व अगावै बसन्तपुर बजारसम्म कालोपत्रे पुरा गरिसक्ने जनाएको छ ।

हाल पूर्वी माडीबाट कालोपत्रे (अस्फाल्ट) बिछ्याउँदै आएको सो निर्माण सेवाले किर्तनपुर बजारसम्म कालोपत्रे पुरा गरेको छ ।

यो समाचार प्रकाशित हुँदा कल्याणपुर बजारसम्म बाटोको दुईतर्फी प्राइम छर्किएर बसन्तपुर गाउँसम्म बाटोको एकतर्फ प्राइम छर्किइसकिएको कम्पनीले जनाएको छ ।

बिहीबार मात्रै बसन्तपुर बजारमा प्राइम छर्किइने र कल्याणपुरमा कालोपत्रे बिछ्याउने काम एकसाथ अगाडि बढाइएको निर्माण कम्पनीका फिल्ड प्रतिनिधी कविराज जोशीले बताउनुभयो ।

यसअघि, दशैं पर्व मनाएर कामदार, प्राविधिक र कर्मचारीहरु काममा फर्किएसंगै गत कार्तिक १४ गतेबाट कम्पनीले कालापत्रे बिछ्याउने कार्य तीब्र पारेको हो ।

कामदारहरु तिहार र छठको बिदामा घर जानुअघि नै बसन्तपुर बजारसम्म कालोपत्रे सक्ने योजना रहको जोशीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button