तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागको पत्र

काठमाडौँ– तीन क्यासिनोलाई बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागले पत्राचार गरेको छ ।
बक्यौँता रकम सरकारलाई नबुझाउने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो ।
यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।
यस अवधिमा रकम नबुझाएका कारण विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको हो ।
पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालिबाट ३० करोड ३८ लाख, ह्याप्पी आवरबाट ३० करोड १७ लाख र ओरियन्टल होटल्सबाट ३० करोड उठाउन बाँकी छ ।