थप ११७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८ सय ७८ जनाको आरटी पीसीआर विधिबा नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमित हुनेको कूल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

गत २४ घण्टामा ८ सय ७९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या ३९ हजा ५ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर गरी १५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

नेपालमा गत माघ महिनामा पहिलोपटक कोरोना भाइरसको संक्रमण फेला परेयता हालसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ ।

जसमध्येका ५५ हजार ३ सय २९ जनामा कोरोना पोजेटिभ देखिएकोमा ३९ हजार ५ सय ७६ जना संक्रमण मुक्त भइसकेका छन् भने संक्रमणबाट ३ सय ६० जनाको मृत्यु भएको छ ।

देशभर हाल १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, कोरोना संक्रमणको आशंकामा अझै ६ हजार ८ सय ९२ जना देशका विभिन्न ठाउँमा गरी क्वारेन्टाइनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button