थप १७ सय ९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घन्टामा थप १७ सय ९० जनामा कोरोना भाइरस संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २७ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४ हजार ८ सय ५८ जना रहेको छ ।

आज २४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ६१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button