थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण

२४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।
नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो।
कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।
काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।
यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जानकारी दिएको छ ।