थप ४३६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख नजिक पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १८ हजार ४ सय ७३ जनामा परिक्षण गर्दा ४३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७१ हजार ३ सय ४३ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९० जना पुगेको छ ।