थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ ह्जार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।