दक्षिण कोरियासँग किम जोङ उनले किन माफी मागे?

किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाइनलाई पठाएका पत्रमा ‘यस्तो घटना हुनु हुदैनथ्यो’ भन्दै माफी मागेको बताइएको छ। उत्तर कोरियाले यस घटनाका सम्बन्धमा गरिएको अनुसन्धानको निष्कर्ष पनि दक्षिण कोरियालाई बताएको छ।
जसमा उत्तरले दक्षिण कोरियाबाट उत्तर कोरिया आएका उनले आफ्नो पहिचान बताउन इन्कार गरेपछि र भाग्न खोजेपछि १० भन्दा बढी गोली प्रहार गरिएको जनाइएको छ। उत्तर कोरियाले उनको शव नजलाएको तर उनी तैरिएर आएको सामग्रीलाई भने जलाएको स्पष्ट पारेको छ।
दक्षिण कोरियाका नेशनल सिक्योरिटीका निर्देशक सु हनले उत्तरको पत्र उदृत गर्दै भनेका छन्, ‘गोली हानेपछि सिपाहीहरूले अज्ञात ती व्यक्तिलाई फेला पार्न सकेनन्,र त्यसपछि महामारी रोक्नको लागि लागू गरिएको आपतकालीन व्यवस्था अनुसार उक्त वस्तु जलाइदिए।’ दक्षिण कोरियाले केहि दिन अघि एक अधिकारी उत्तर कोरियाली सेनाबाट मारिएको जनाएको थियो। दक्षिणका राष्ट्रपतिले यो घटनाको भत्सर्ना गरेका थिए।
दक्षिणले बिहीबार उनलाई उत्तरका सेनाले गोली हानी हत्या गरेको र जलाइएको बताएको थियो। पानीमा फेला परेका ४७ बर्षीय ती व्यक्ति उत्तरबाट भाग्नेखोज्दा क्रममा मारिएका थिए।
उत्तर कोरिया र दक्षिण कोरियाको सिमानामा ठूलोमात्रा सुरक्षाकर्मी परिचालित छन। कोरोना भाइरस महामारीको बेला अहिले उत्तर कोरियाले कुनैपनि शंकास्पद मानिस बाहिरबाट देशभित्र छिर्न खोजे गोली हान्न आदेश जारी गरिएको बताइएको छ।