दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा

कनकाई । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन् ।

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले भनाई छ ।

झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखे ।

स्व हेमरमले कांग्रेसका संस्थापक नेता बिपी कोइराला र कांग्रेस नेता समाजवादी चिन्तक सिके प्रसाईँको अत्यन्तै निकट रहेर राजनीति गरेका थिए । विसं १९८० मा जन्मिएका हेमरमको २०५४ पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा उनको परिवारको स्थायी बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button