दशैंका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने व्यवसायीको अडान

काठमाडौं । दशैंका लागि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन्।

सरकारले यसअघि दशैंका लागि अग्रिम टिकट खुलाउन आग्रह गरिसकेको छ। यातयात व्यवस्था विभागले असोज २० देखि खुलाउन आग्रह गरेको थियो। तर , यातायात व्यवसायीहरुले भने यात्रुको चाप नरहेको भन्दै यसपटक अग्रिम टिकट नखोल्ने जनाएका छन्।

हाल सरकारले कोरोनाको जोखिम रहेको भन्दै ५० प्रतिशत बढी भाडा लिएर एक सिटमा एक यात्रु राख्न पाउनेगरि लामो दूरीको यातायात सञ्चालका लागि अनुमति दिएको छ।

व्यवसायीहरुले पूर्ण सिट क्षमतामा यात्रु लैजान पाउनुपर्ने माग गर्दै आएका छन्। तर, हालसम्म सरकारले त्यसका लागि अनुमति दिएको छैन।

अहिले आधा यात्रुनै बोक्न पनि पर्याप्त यात्रु नभएको भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ नखुलाउने बताएका छन्।

विगतको दशैंको तुलनामा ५ भागको एक भाग पनि यात्रु संख्या अहिले नभएको भन्दै अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था नै नरहेको निष्कर्ष निकालेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button