दार्चुलामा करेन्ट लागेर एकजनाको मृत्यु

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दुहूँ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६२ /६३ बर्षीय पदम बहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उहाँको ज्यान गएको चन्दले बताउनुभयो । घार हेर्न गएका बम आइतबार अबेर सम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button