दुर्गम क्षेत्रका छात्रछात्रालाई झोला बितरण

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुर्गम क्षेत्र भोटेकोशी गाउँपालिका–५ का तीन बिद्यालयका गरीब, जेहेन्दार ३५७ जना छात्रछात्राहरुलाई झोला बितरण गरिएको छ ।

नेपाली काँग्रेस तरुण बिभागका केन्द्रीय सदस्य पासाङनोर्बु लामाको पहलमा मानव अधिकार एवम कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालबाट उपलब्ध झोलाहरु छात्रछात्राहरुलाई आइतबार बितरण गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, तरुण केन्द्रीय सदस्य लामा, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका अतिथिले छात्र-छात्राहरुलाई झोला बितरण गरेका थिए ।

२०४० सालदेखि निशुल्क कोचिङ कक्षा पढाएर अहिले सम्म आफूले शिक्षा क्षेत्रको सम्रग बिकासमा भूमिका निर्वाह गर्दै आएको प्रमुख अतिथि बस्नेतले उक्त कार्यक्रममा बताउनु भएको थियो । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा बिकास निमार्णका काम गरेको बताउनु भयो ।

चीनको तिब्बत जोडिएको भोटेकोशी गाउँपालिकामा सात बिद्यालय छन् । उक्त संख्या मध्य मार्मिङ माध्यमिक बिद्यालय, गोल्जी आधारभूत बिद्यालय र महादेव आबिका छात्रछात्राहरुलाई बिद्यालय झोला बितरण गरिएको समाजसेवी समेत रहेका पासाङ नोर्बु लामाले जानकारी दिनु भयो । काँग्रेस युवा नेता लामाले सिन्धुपाल्चोकको शिक्षा, स्वास्थ्य, बिकास निमार्ण लगायतका क्षेत्रमा ब्यक्तिगत र संस्थागत रुपमा बिकासका काम गर्दै आउनु भएको छ ।

समाजसेवी लामाले यसअघि पनि उक्त पालिका भरका सबै बिद्यालयका बिद्यार्थीहरुलाई ट्रयाकसुट सेट बितरण गर्नु भएको थियो । ब्याग पाउन बाँकी सबै बिद्यालयका छात्रछात्राहरुलाई काँग्रेस नेता समेत रहनु भएका लामाले तिहार लगत्तै बितरण गर्ने पनि बताउनु भएको छ ।

भोटेकोशी गाउँपालिकाका कुनै पनि बिद्यार्थी शिक्षाबाट बञ्चित हुन नदिन ब्यक्तिगत र संस्थागत रुपमा आफूले सहयोग गर्ने शिक्षाप्रेमी लामाले बताउनु भयो । साथै उहाँले बिभिन्न रोगीहरुलाई ब्यक्तिगत रुपमा उपचार दिलाउनु भएको छ भने भोटेकोशी गापाको सडक, भौतिक संरचना लगायतका बिकास निमार्णमा काम गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button