देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसमविदको आग्रह

काठमाडौँ –  देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ ।

भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा निकै ठूलो वर्षा भैरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा राति पनि अति भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button