दोलखा भीमसेन मन्दिरको शिलामा पसिना आयो, देशमा अनिष्ट हुने पूर्वसूचक

दोलखा । दोलखाको प्राचिन ऐतिहासिक मन्दिर  भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ ।

मंगलवार भीमसेनको शिलामा पसिना आएको हो ।

शीलाको दायाँबाट पसिना आउँदा शासकमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ तर यसपटक दायाँबायाँबाट नै पसिना आएको छ ।

भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गर्ने गरिएको छ ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button