धनगढीका युवक बाजुरामा मृत फेला, २ जना पक्राउ

१९ कार्तिक, २०७७, बाजुरा बाजुरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिकाका –१७ का अन्दाजी ४५ वर्षीय पदम प्रजापती मगर बाजुराको बडीमालिका नगरपालिका–२ भौनेरामा मृत अवस्थामा भेटिएका थिए ।

घटनामा संलग्नको आशंकामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागज उद्योगमा काम गर्ने धनगढी उपमहानगरपालिका–१७ का मृतका भिनाजु ५० वर्षीय रुद्रबहादुर सारु र बाजुराको गौलुम गाउँपालिका–२ का दिलबहादुर बोहरा रहेको प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए ।

अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button