धरानमा २२ वर्षीय युवक १ महिना अगाडि यवुतीमाथि बलात्कार गरेको भन्दै पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा एक २२ वर्षीया महिलामाथि जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कारको घटना भने गत असोज २२ गतेको हो । पीडित भनिएकी युवतीले झन्डै एक महिनापछि प्रहरीमा उजुरी दिएपछि प्रहरीले आइतबार दिउँसो आरोपी युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ गैह्रीगाउँ बस्ने २२ वर्षको सौगात विक छन् ।

पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका युवकमाथी जबर्जस्ती करणीको कसुरमा थप अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button