नयाँ नक्सासहितको निशान छापसम्बन्धी प्रस्ताव राजपत्रमा प्रकाशित

काठमाडौं । नेपालको नयाँ नक्सासहितको निशान छाप संविधानको अनुसूचिमा राख्ने सम्बन्धि संशोधन प्रस्ताव राजपत्रमा प्रकाशित भएको छ ।
आइतबार प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताप पेश गरेकी थिइन् ।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक -२०७७ सभामा पेश भएको र नेपालको संविधानको धारा २७४ को उपधारा (३) बमोजिम सभामा पेश भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने भन्ने व्यवस्थाबमोजिम आइतबार नै नेपाल राजपत्रमा प्रकाशन भएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी गराएका छन् ।