नयाँ युगमापनि बिभेद मानसिकताको जरा

एक्काइसौँ शताब्दीको विकसित दुनियाँमा पुगिसक्दा पनि मान्छे मान्छेमा छुवाछुत तथा भेदभाव अहिलेसम्म पनि यथावत रहेको पाइन्छ । जब म तिनचार कक्षामा पढ्थे सोही अबस्थाबाटै मेरा अनगिन्ती प्रश्नहरुको उदय हुन थालिसकेको थियो ।
विद्यालय र समाजमा हुने जातिय ब्यवस्थाले मलाई चिन्तन र अन्यायको महशुसमा पुर्याइसकेको थियो । तर हरेक प्रश्न उत्तर बिहिन चेहरामा थुप्रि रहन थाले । स्कुलमा जाँदा, सँगै जान्थ्यौँ, सँगै बस्थ्यौं खाजाहरु खान्थ्यौँ, फलहरु खान्थ्यौँ त्यहाँ जातको कुरा आउँदैन थियो । जब पानी पिउनु पथ्र्यो अनि कि त हात थापेर पिउनुपथ्र्यो कि त अन्य ठाउँमा गएर पानीको प्यास मेटाउनु पथ्र्याे किनकि पानीले हामीलाई विभेदको दुरीमा बाँधिएको थियो ।
मैले स्कुलमा विद्यार्थी समयमा धेरै पटक पानीको तिर्खाले घाँटिनै सुके पनि मेरा उत्तर बिहिन प्रश्नहरुले कहिल्यै हात थापेर पानी पिउन दिएनन् ! पिउँथे पनि कसरी ? एउटा विभेदको दास भएर ! यस्तै त्यो समयमा भावनात्मक र मानसिक रुपले म चापमा परेको थिएँ । मनबाट प्रश्नहरु हुरहुर्ति उर्लिएर आउँथे लाग्थ्यो कथित गैरदलितका मित्रहरू कथित दलित समुदायको भन्छा सम्म पुग्न पाउने तर हामीलाई किन बन्दित छ उनीहरको घरभित्र जान ! अनि इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि यदि खुकुरी लगायतका हतियार कामिले नबनाइदिएको भए कसरी गोर्खाली बिजयी प्राप्त गर्न सक्थ्ये ? कसरी नेपाल र नेपाली रहन सक्थे ? विजयको कारण बुझ्न सकेनौं अझ लुगा सिलाउने दर्जीले लुगा सिलाई नदिएको भए सायद नांगै वा जंगली जस्तै भएर बस्नु पथ्र्यो होला इज्जत बस्नुको कारण पनि थाहा पाउन सकेनौं ।
शरीर जतिनै बलियो भएतापनि एउटा काँडाले घोच्दा सहनसक्ने मान्छे, हो यही पीडालाई निर्मुल गर्न, सुरक्षा गर्न जुत्ता बनाइदिए उहाँहरुप्रति सुरक्षाको आवास कहिल्यै गरेनौं सायद जुत्ता नै नबनाइएको भए जनावर जस्तै भएर हिंड्नु पथ्र्यो होला जसले खबरहरुको ओहोर दोहर गरे उनीहरूको पनि इज्जत भएन ।
जसको विकसित रूप अहिलेको पत्रकारिता हो जसलाई राज्यको चौथो अङ्ग भनेर भनिन्छ जुन सञ्चारका महँगो धातु भनेर सुनचाँदी हिरामोती लाई चिनिन्छ । उक्त धारालाई आकार दिएर रानी महारानी हरेक स्त्रीको मान, सुन्दरता बढाइदिन्छन् तर दलितद्वारा सिर्जिएका कुरा कसरी उत्तम हुनसक्छन ? बनाउने व्यक्तिभन्दा । बनिएको कुरा मन मन्दिरमा चढ्छ तर बनाउने व्यक्ति किन ? कसरी ? विभेदको पात्र मात्रै बन्छ पहिले दलितलाई अछुत ठानेर दिएका ती कामहरु अहिले फेरी आफैंले खोसेर गर्न थालिसके ।
यदि कामको आधारमा दलित बनाइएको हो भने अहिले सुज सेन्टर चलाउने सबै पसलेहरुलाई सार्की भन्नुपर्ने, अनि सबै लुगा सिलाउने अरुलाई दमाई भन्नुपर्ने त्यसैगरी सबै सञ्चारकर्मीहरुलाई ओखेडा भन्नुपर्ने, अनि सबै कलाकारहरुलाई बासि र गाईने भन्नुपर्ने, सबै ग्रिल उद्योगका सञ्चालकहरुलाई कामी भन्नुपर्ने अहिले सबै दलितका कामहरु गैर दलितले गरिरहेका छन् त्यसोभए अब नेपालमा रहेका सबै जनतालाई दलित भनौ न त? बिभेदको छुराले सदैव मलाई पिडा दिनथाल्यो । त्यसैले नै शब्दकोशमा गएर खोजी दलित शब्दको अर्थ खोजे जसको अर्थ दिने गरिएको थिचिएको र समान हक हित र प्रतिष्ठाबाट टाढा रहेको जाती भन्ने हुदोरहेछ ।
झन् मेरा अनुत्तरित प्रश्नहरु रोकिएनन् ! हाम्रो देश नेपालको भूभाग खोसिएको छ नदिनाला लिएको छ अन्य देशले गरीब देश भनेर हेप्छ । हरेक तवरले विश्वका शक्तिशाली राष्ट्रको तुलनामा हाम्रो नेपाल पछाडि पारिएको छ दबाबमा छ जुन देशका नागरिकले विदेशको भरमा परजीवि भएर बाँच्नुपर्छ । जुन देशले नुनदेखि सुनसम्म मागेर खान्छ त्यसैले यो देशनै दलित देश हो र गैरदलित जनताहरु यो देशका होइनन् ।
अनि कसरी हुनसक्छ एउटा दलित देशमा बसेर गैरदलित त्यसो भए सबै गैरदलितहरु नेपालको होइनन्, उनीहरू बिदेशी रैछन स्वीकार्नुहुन्छ नत्र भने नेपालमा कोही पनि दलित छैनन्, छन् भने सबै दलित हुन् धेरैले भन्नुहुन्छ चलिआएको धर्म संस्कृतिलाई जोगाउनु पर्छ भनेर राम्रो कुरा, धर्मको अर्थ हो सहयोग गर्नु कसैको मन नदुखाउनु, दान गर्नु र सबैको भलो हुने काम गर्नु हो तर हिन्दू धर्मशास्त्रको मनुस्मृतिमा गएर हेर्नुस शिक्षित भनिएकाहरू त्यहाँ के के लेखिएको छ थाहा पाउनुहुन्छ ?
मनुस्मृतिका अनुसार तयसलाई पाप भन्नुपर्ने यहाँ पनि शब्दको दुरुपयोग भएको पाइन्छ बिभेद र पाप लाईन मनमुटु मान्ने, शिक्षाको केन्द्र मान्ने हामीहरु कसरी समताको पर्दामा आउन सक्छौं ? अर्को कुरा नेपालको शैक्षिक पद्दतिले नै विभेदको कुरा सिकाउँछ हो शिशु कक्षामै यज्ञ य भनेर सिकाउँछ जहाँ पुजारीको तस्बिर छ यसले बाहुनलाई संकेत गर्छ र पुजारीहरू बाहुन मात्र हुन्छन् भन्ने मानसिकता त्यो कलिलो दिमागमा राखिदिन्छ अनि क्षेत्री क्ष भनेर राखिएको छ जहाँ बलियो व्यक्तिको तस्वीर राखिएको छ जसले संकेत गर्छ बलिया साहसी अनि त्यो कलिलो उमेरको मानसिकताले के ज्ञान प्राप्त गर्छ क्षेत्रीहरु बलिया हुन्छन् साहसी हुन्छन् अनि आफूलाई तल्लो दर्जामा राख्न शिक्षाले ढाडस दिएको पाइन्छ त्यसैले नेपालको शिक्षा पद्धतिलाई बदल्न आवश्यक छ नेपालका हरेक जिम्मेवार र देशलाई हाँकिरहेका अशिक्षित मानवताका पात्रहरू बाहिरी आवाजबाट चाहे पनि एकताको कुरा समानताको कुरा गर्छन् विभेदको मूल वा जरो उखेल्ने कोसिस कहिल्यै गर्दैनन् अरु दमन शोषण गर्दा भित्रभित्रै आनन्दले खुब रमाइलो महसुस गर्छन ।
अनि यस्ताहरुलाई कुन दृष्टिकोणबाट शिक्षित मान्नुहुन्छ ? हेरौँ त राष्ट्रिय गान एकताको खोल ओडेका, शान्तिको खोल, समानताको खोल ओढेको पाइन्छ । लेखिएको छ बाहिरी खोलमा मानवता सहायता, शान्तिसँग सबै कुरा गर्छौ लेखिएको छ जहाँ एउटैमाला नेपाली, भनेर अखण्ड नेपाल भनेर, ज्ञानभूमि शान्तिभूमी भनेर, अग्रगामी राष्ट्र भनेर, बाहिर एकता, शान्ति अखण्डता, समानता आदिको खोल ओडेर भित्र मानव जस्तो सर्वश्रेष्ठ प्राणीलाई पशुको भन्दा नि तल्लो दर्जामा राखिएको छ अन्तमा यही भन्न चाहन्छु म जातव्यवस्था नै विकासको बाधक हो, शान्तिको बाधक हो, एकताको वाधक हो, उन्नति र प्रगतिको बाधक हो, अनि त्यसैले मनुस्मृति जातियता सम्बन्धी ऐन कानुनलाई बदल्नुपर्छ, संशोधन गर्न आवश्यक छ ।
सम्झनुस् कि तपाईले बिभेद गर्ने मानसिकताको छाप छोड्नु भएको छैन भने तपाई आफैले सोच्नुस म दानव हुँ । आफूलाई कथित दलितको ठाउँमा राखेर हेर्नुस तपाईंलाई कस्तो महसुस हुन्छ ? तपाईंलाई कमजोर र निर्बलहरुलाई दमन र शोषणमा राख्दा आनन्दको महशुस हुन्छ भने आफ्नो पहिचान खोज्न सुरु गर्नुस । भर्खर केही समय अगाडिदेखि देशको महानायक राजेश हमालले चलाउनुभएको कार्यक्रम जातको प्रश्नमा किन मनिसहरुले हुने (नहुने प्रश्नहरु गरिरहेकाछन् ? के राजेश हमालले यो कार्यक्रम चलाएर गल्ती गरे ?
के महानायकले अन्यायमा परेका वर्गको आवाज बन्दा कहि घाटा लाग्यो ? हजुरको निरंकुश विचारमा आफूले पनि दबाउने, शोषणमा राख्ने र अरुले पनि शोषणमा राखोस र उनीहरूको पक्षमा कसैले नबोलोस् भन्ने तपाईं चाहनुहुन्छ ? कि तपाईलाई जातीय विभेद को बिरुद्धमा बोल्नु हुन्न भन्ने जस्तो लाग्छ ? कि यो कुरितिलाई बचाइ राख्नुपर्छ कुनै दिन काम लाग्छ जस्तो लाग्छ ? जस्ले स्पोन्सर गरेपनि समाजको हित, कल्याणको लागि, उद्दारको लागि, पैरवीको लागि, नयाँ उदाहरणीय कार्यको थालनी गर्दा तपाइलाई के को हुटहुटि ?
त्यसैगरी पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बारम्बार भन्नुहुन्छ बिभेदको जड मनुस्मृति हो, जातिय मुक्ति हुनुपर्छ ! अनि विश्लेषक विष्णुभक्त दुलाल (आहुति) भन्नुहुन्छ “छुवाछुत जात व्यवस्थाको अँश हो, जात ब्यबस्था भित्र यस्ता हजारौं कुरितीहरुछन जसलाई हटाउनै पर्छ । “बझाङ जिल्लामाबाट मनोनित हुनुभएकी साँसद आशा कुमारी वि. क. को भनाई पनि उस्तै छ जातिय बिभेद सम्बन्धि संविधानको धारा ४० र धारा २४ कार्यन्वयन हुनुपर्छ । र आफु एउटा सामाजिक अभियन्ता पनि भएकाले जातिय मुक्तिको लागि उहाँले बताउनुभयो ।