नागपुजे र भीरखर्क पहिरोपीडितलाई नगद

घुम्थाङ / बस्तीमाथिबाट आएको पहिरोले सर्वस्व गुमाएका बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे, भीरर्खक, कामीगाँउका पहिरोपीडितहरुलाई यम्बु ठमिछो किंगदुंग नामक संस्थाले नगद सहयोग गरेको छ ।
उक्त संस्थाका पदाधिकारी र सदस्यका टीम नै पहिरोस्थल आएर पीडितलाई सहयोग गरेका हुन् ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहल र समन्वयमा सहयोगीहरु घुम्थाङ आएर पहिरोपीडितलाई सहयोग गरेका हुन् । पहिरोमा परिवारका सदस्य गुमाएका परिवारलाई प्रति मृतक बराबर १० हजार, घर क्षति भएकालाई प्रति घर ५ हजार र आंशिक क्षति, जग्गा जीमन गुमाएका र घाइते भएका परिवारलाई ३ हजारका दरले सहयोग गरेको छ ।
पूर्व सूचना तथा संचारमंत्री मोहन बहादुर बस्नेत, सो संस्थाका अध्यक्ष मिङमा शेर्पा लगायतका बाहुलीबाट पहिरोमा जनधन गुमाएका परिवारलाई नगद सहयोग गरिएको थियो । उक्त संस्थाका लाक्पा रिता शेर्पा, मिङमादोर्जे शेर्पा, पेम्बानोर्पु शेर्पा, कामी रिता शेर्पा, फुनुरु शेर्पा, निमाकान्छा शेर्पा, छिरङि जाङमु शेर्पा, याङमीडोमा शेर्पा, छम्जी शेर्पा, पासाङ याङमी शेर्पा, मिङमा शेर्पा, छुल्दीन शेर्पा, पासाङ तेम्बा शेर्पा, फिन्जो शेर्पा लगायतले सहयोगीहरुले घरखर्च कटाएर पहिरोपीडितलाई नगद सहयोग गरेका थिए । सो संस्थाका सल्लाहकार, आजीवन सदस्य लगायतले सहयोग गरेको हुन् ।
अमेरिका लगायतका बिभिन्न देशमा रहेका सो संस्थामा आबद्ध भएकाले नगद सहयोग गरेका हुन् । उक्त संस्थाका अध्यक्ष मिङमा शेर्पाले पहिरोमा जनधन गुमाएका परिवारको दुखले आफुहरुलाई स्तब्ध बनाएकाले नगद सहयोग संकलन गरेर ल्याइ पीडितको हाममा पुराएको बताए ।
सहयोगीहरुले पहिरो पीडितलाई ३ लाख ११ हजार रुपियाँ नगद सहयोग गरेको नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जानकारी दिनु भएको छ । उहाँका अनुसार घुम्थाङ पहिरोपीडितलाई बिभिन्न सहयोगी ल्याईदिएर नगद, खाद्यन्न, त्रिपाल, अन्य घरायसी सामान सहयोग गरिएको छ ।
नेपाली काँगे्रसका युवा नेता युधिर पौडेलले घुम्थाङ पहिरो, जम्बु खाग्दल पहिरो, सुन्दरडाँडा पहिरो, लिदी पहिरोमा काँगे्रसको पहल र पूर्व सूचनामंत्री बस्नेतको सक्रियतामा करोडौ रकम बराबरको सहयोग पीडितले पाएको बताएका छन् ।