निकिशामाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहार सम्बन्धी मुद्धा

काठमाडौं । निकिशा श्रेष्ठमाथी सडकमा दुर्व्यवहार गर्नेमाथि भक्तपुर प्रहरीले कानुनी पक्रिया अगाडी बढाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएका ३ युवकमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ।

तीनै जनाविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालत भक्तपुरमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको हो।

मुद्धा दर्ता सँगै शुक्रबार जिल्ला अदालतबाट थप अनुसन्धानको लागि ३ जना युवामाथि ५ दिनको म्याद थप भएको भक्तपुर प्रहरीले जनाएको छ।

गएको मंसिर २ गते भक्तपुर नपा १ दूधपाटीस्थित सडकमा हिँडिरहेकी निकिशालाई स्कुटर चलाउँदै आएका सफिल खत्री र स्कुटरमा सवार भक्तपुर नपा ५ टौमढी बस्ने १६ वर्षीय युवकले लैंगिक भेदभावपूर्ण दुव्र्यवहार गर्दै भिडियो खिचेका थिए। उक्त भिडियो अपलोड गरिएपछि सामाजिक सञ्जालमा भाइरल नै भएको छ।

उनीहरुमाथि कारवाही हुनुपर्ने आवाज उठेपछि प्रहरी हेडक्वार्टरले साइबर ब्युरोलाई कारवाही अघि बढाउन निर्देशन दिएको थियो। भिडियो खिच्ने र दुव्र्यवहारमा संलग्न गर्ने तीनै जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button