निगमको वाइडबडी विमान ५ दिनदेखि ग्राउन्डेड, बन्न केही समय लाग्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान पाँच दिनदेखि ग्राउण्डेड भएको छ । पखेँटा (फ्ल्याप) मा समस्या आएपछि ९ एन–एएलजेड कल साइनको विमान गत बुधबारदेखि ग्राउण्डेड भएको हो ।
निगम प्रवक्ता अर्चना खड्काले बुधबारदेखि यो विमान ग्राउण्डेड भएको बताइन् । “२३ सेप्टेम्बरदेखि विमान ग्राउण्डेड भएको हो । सम्बन्धित विभागले आवश्यक सामाग्री मनाइसकेको छ” उनले भनिन् । तर, नियमित उडान हुन नसकेका कारण सामान आउन कति दिन लाग्ने निगमले भन्न सकेको छैन् ।
काठमाडौं–कुनमिङ चार्टर उडानका क्रममा विमानमा समस्या देखिएपछि तत्कालै अवतरण गरिएको थियो । यो विमान ग्राउण्डेड भएपछि चार्टर उडान र नियमित उडानमा निगमलाई घाटा पुग्ने भएको छ ।