नियमावली ऐन बिपरित नै चितवन प्रहरी सरुवामा चलखेल

क्राइम बिट/ डिल कुमारी नेपाल, चितवन । प्रहरी नियमावली अनुसार कुनै पनि सामान्य प्रहरी बिटमा एकबर्ष सम्म मात्र या छ महिना सम्म बस्न पाउने व्यवस्था रहेको छ ।
सामान्य विवादित घट्ना नभई सिपाहि प्रहरी समेत छ महिना पूरा नभए सम्म आफु खुशी ठाउँ परिवर्तन हुन पाउने व्यवस्था ऐनमा छैन । तर भरतपुर महानगरपालिका २५ मा रहेको अस्थायी प्रहरी बिटमा भने आफू खुशी नियम छ ।
केही समय अगाडि जाडँकाण्डामा जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हवल्दार प्रेमदास श्रेष्ठको टोली सहित नै मादकपदार्थ खाई बवाल गरेका कारण अमृतचोक अस्थायी बिटका सबै टोलीलाई नै स्पष्टिकरणको लागि जिल्ला तानेको थियो । जसका कारण प्रहरीलाई बदनाम बनाउने उनै प्रेमदास फेरि उहीँ बिट समाल्न फेरि पठाएको छ ।
विवादित भएर नसेद दिएका प्रहरी हवल्दार प्रेमदास शुरुमा शरनपुर अस्थायी बिटमा तीन महिना बसेका थिए । त्यसपछि रङगशाला प्रहरी बिटमा एक दिन मात्र पाहिला टेके, त्यतिबेला पनि एसपीको आदेशमा उहीँ ठाउँमा पुगेका थिए । त्यसपछि अमृतचोक अस्थायी प्रहरी बिटमा लगभग तिनमहिना बस्न नपाउदै, जाँडकाण्डमा सेट नै जिल्ला प्रहरी कार्यालय चितवनमा लगि कारवाही गरेको थियो । त्यसपछि पनि हवल्दार प्रेमलाई लोथर चौकी पठाईयो ।
सोहि प्रेम पुन जिल्लामा सरुवा भई आऐ, फेरि रङगशाला नै पठाईयो, हाल उक्त चौकि जाने प्रहरी हवल्दार पुनः तिन महिनामा ३, ४ ठाउँमा चौकी जाने भए । यसो हेर्दा पावरको भरमा प्रेमदास श्रेष्ठले मात्र ईन्र्चाज पाउने नियमावली काँहा बन्यो ? शंकाको बिषय छ ? बिना कसुर कुनै पनि ईन्र्चाज एसपीले चाहे पनि छ महिना कार्यकाल पूरा नभए सम्म ईन्चार्जहरुलाई परिवर्तन गराउन नपाउने प्रहरी नियमावलीमा समेत उल्लेख छ ।
तर अमृतचोक प्रहरी बिटमा भने बिना कसुर छिनघडिमा नै पावरको भरमा प्रहरी ईन्र्चाज हेरफेर गर्दै, आएको श्रोतले जनाएको छ । प्रेमदास जस्तो प्रहरी संगठनलाई बदनाम गरी प्रहरीहरुले नै मापसे सेवन गरि होहल्ला मच्चाएकै कारण निज प्रहरी हवल्दार प्रेम दासलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको थियो । केही महिनाकै अन्तरालमा फेरि पुनः प्रहरी हवल्दार प्रेमदास अमृतचोक जाँदा स्थानियप्रतिको दृष्टिकोण प्रहरीप्रति हेर्ने नजर कस्तो होला ? प्रेमदास यस्तो खेलाडी हो पुलिसको बर्दी लगाएर जुवातासको लतमा बस्ने प्रहरी हवल्दार भएको स्थानियरुको दावि, गुनासो रहेको छ ।
बदनाम गरेर गएको प्रहरी हवल्दार पुनः ईन्र्चाजमै फर्कनुको रहस्य के होला ? कसको आदेश, पुनः डेढ महिना पछि ईन्चार्ज भएर अमृतचोकको प्रहरी बिटमा प्रशासन प्रहरी निरीक्षकले बिवादित भएका मान्छे पठाउनु हुदैँन, भन्दा भन्दै नै एसपीको आदेशमा डिएसपीले रमनामा साईन गराई उसलाई अमृत चोकको प्रहरी बिटमै पठाउन लागेको श्रोतको भनाई रहेको छ, भने प्रहरी हवल्दार प्रेम दास श्रेष्ठको दरवन्दी ईलाका प्रहरी कार्यालय सिकरिपुरि नुवाकोट भएको श्रोतबाट खुलसा भएको छ ।
यस घटनाका सन्दर्भमा प्रहरी नायब उपरिक्षक सुयबहादुर थापासँग बुझदा उनले सो घटनालाई प्रहरीले छानविनकै क्रममा भएकोले प्रहरी संगठनलाई बदनाम गराउने र संगठनप्रति जो कसैले आँच आउने अमर्यादित र विवेकहीन कार्य गर्छ भने त्यो दण्डीत हुने प्रतिवद्धता जनाउनुभयो ।