निर्वाचन आचारसंहिता लागु भयो, स्थानीय तहको म्यादको पेसी २ वैशाखमा

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको भएपछि सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन ।
भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।
उनले पूरै पाँच वर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेसी २ वैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० वैशाखमा नहुने हो कि भन्ने आशंका व्याप्त रहेको छ ।