निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको हो ।

आयोगले सोमबार ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button