निर्वाचन आयोग पुगेर प्रचण्डले भने–दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित हुन तयार छौँ

काठमाडौं । प्रचण्ड माधव समूहको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताएका छन् ।

बहुमत केन्द्रीय सदस्यसहित शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका क्रममा दाहालले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी आयोगलाई गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नसमेत तयार रहेको बताएका हुन् ।

आयोगका अधिकारीले अध्ययन अनुसन्धान गरेर नियमसँगत रुपमा निर्णयमा पुग्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button