निर्वाचन निष्पक्ष हुने सुनिश्चित भएपछि खैरहनी उद्योग वाणिज्य संघको ताला खुल्यो

चितवन । उद्योग वाणिज्य संघ खैरहनीमा केही व्यवसायीहरुले लगाएको ताला २४ घण्टा पछि खुलाएका छन्। गएराती करिव ९.३० बजेतिर लगाइएको ताला अहिले खुलाइएको हो ।
उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष, कार्यसमिति र अन्य सरोकारवाला सहितको छलफलले सल्लाह सुझाव पछि नै निर्वाचन समितिले मनन गर्दै निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता जनाएपछि ताला खुलाइएको थियाे ।
खासै ठूलो विवाद नभएकाले ताला लगाउने पक्षलाई निर्वाचन निष्पक्ष हुने सुनिश्चित गराएपछि ताला खुलेको उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बताएका हन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button