निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै जारी गरिएको निषेधाज्ञाको आदेश उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु गरिएको छ ।

निषेधाज्ञाका बीच सर्वसाधारणले ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु गरेका हुन् ।

रथ तान्नका लागि पुल्चोकमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति देखिएको छ ।

तर, उपत्यकामा भने भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै जारी गरिएको निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक बाहेकको काममा घर बाहिर निस्किन रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button