निषेधाज्ञा अझै खुकुलो बनाउन सीसीएमसीको निर्देशन

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताए। बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसीयू र भेन्टीलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button