नुवाकोटमा चरासँग हेलिकोप्टर ठोक्किएपछि आकस्मिक अवतरण

काठमाडौं । नुवाकोटमा हेलिकोप्टर चरासँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ। कैलाश एयरको सो हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ।

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेका छन्।

चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडीको शिशा फुटेको छ। यस्तै केही यात्रुलाई सामान्य चोट पनि लागेको छ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल छन् । हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button