नेकपाका दुई अध्यक्ष परामर्शमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
कोरोना (कोभिड–१९) को प्रभाव विश्वव्यापी विस्तारित भइरहेका बेला दुई अध्यक्ष परामर्शमा जुटेका छन् ।
सरकारले आवश्यक परे लक डाउनसम्मको तयारी गरेको बताइरहेका बेला प्रभाव न्यूनीकरणका लागि दुई अध्यक्षले छलफल गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट भएको बताए । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड झण्डै डेढ घण्टा बसेर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button