नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन एजेण्डा

काठमाडाैं । आज दिउँसो साढे १२ बजे नेकपाको सचिवालय बैठक बस्दै छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे जानकारी अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

आजको बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाकाे एजेण्डा रहेको बताइएको छ ।

यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button